बैतडीको पञ्चेश्वर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। आईतबार गाउँपालिकामा आयोजना गरिएको घोषणा समारोहमा गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले पालिकाकालाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरेका हुन्।
गाउँपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य चौकी, र आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा खोप केन्द्र मार्फत प्रदान गरिने सबै प्रकारका खोप र सबै उमेर समूहका वालबालिकाले पाएको र पाउने कुराको सुनिश्चितता भएसंगै पालिकालाई पूर्ण खोप सुनिश्चितता गरिएको स्वास्थ्य शाखा प्रमुख राम सागर शाहले बताउनुभयो।
कार्यक्रममा पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष विना भट्ट, प्रमुख प्रशासकीय कृष्ण बहादुर बोहरा, विभिन्न वडाका वडा अध्यक्ष र शाखा प्रमुख हरुको सहाभागीता रहेको थियो।
यस पालिकाभित्र हाल ६ वटा वडा छन।