बैतडीको शिवनाथ गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

बैतडीको शिवनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। मंगलबार गाउँपालिका अध्यक्ष कर्ण सिह साउदको अध्यक्षतामा पालिकाकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको गाँउपालिका प्रबक्ता केशब बहादुर चन्दले बताउनुभयो।

गाउँपालिका क्षेत्रभित्र रहेका स्वांस्थ्य चौकी, आधारभूत स्वांस्थ्य सेवा केन्द्र, खोप केन्द्र मार्फत प्रदान गरिने सबै प्रकारका खोप, सबै उमेर समूहका वालबालिकाले पाएको र पाउने कुराको सुनिश्चितता भएसंगै पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको गाँउपालिका प्रबक्ता चन्दले बताउनुभयो।

कार्यक्रममा गाउपालिका उपाध्यक्ष, प्रमुख प्रासाशकिय अधिकृत, वडाध्यक्षहरु, स्वास्थ्य संस्थाका प्रमुखहरु, खोपकार्यकर्ता र महिला स्वांस्थ्य स्वयमसेबिकाहरुको सहभागिता रहेको थियो। गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा अभियानमा सहयोग गर्ने स्वांस्थ्य संस्था प्रमुखहरु, उत्कृष्ट खोप कार्यकर्ता, महिला स्वांस्थ्य स्वयंसेविका हरुलाई सम्मान समेत गरिएको जनाईएको छ।

Leave A Reply

Your email address will not be published.