आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अहिले पनि कोशी प्रदेशको एक–दुई ठाउँमा हल्का वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन भित्रिएसँगै पूर्वी क्षेत्रमा प्रभाव देखिन थालेको छ। पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव र बाँकी भागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। पूर्वको कोशीमा भित्रिएको मनसुन मध्य क्षेत्र हुँदै पश्चिमतर्फ फैलिने गर्छ। त्यसका लागि केही दिन लाग्नेछ।
आज लुम्बिनी र सुदुरपश्चिमसहित तराईका क्षेत्रमा अधिकतम तापक्रम ४२ देखि ४४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। काठमाण्डौ उपत्यकामा पनि आज अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियस रहने पूर्वानुमान छ।