टी ट्वान्टी विश्वकप क्रिकेटमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ। वेस्ट इन्डिजमा दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो।
हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। अन्तिम बलमा जितका लागि २ रन चाहिएको नेपालका लागि गुल्सन झा रन आउट हुनुभयो। सोमपाल कामी ४ बलमा ८ रन बनाएर नटआउट रहनुभयो।
नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ४२ रन बनाउनुभयो। यस्तै अनिल साहले २७ रन बनाउनुभयो। कुशल भुर्तेल १३, दीपेन्द्रसिंह एेरीले ६ र कुशल मल्लले ३ रन बनाउनुभयो। कप्तान रोहित पौडेल शून्य रनमा आउट हुनुभयो।
दक्षिण अफ्रिकाका तबरेज सम्सीले ४ विकेट लिनुभयो। टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको छ नेपालका कुशल भुर्तेलले ४ र दीपेन्द्रसिह ऐरीले ३ विकेट लिनुभयो।
नेपालले समुह चरणको अन्तिम खेलमा सोमबार बंगलादेशसँग खेल्नेछ। नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो। यस्तै वर्षाका कारण श्रीलङ्कासँगको खेल सम्भव नभए पछि नेपालले अङ्क बाँडेको थियो।
दक्षिण अफ्रिका प्रतियोगिताको अन्तिम ८ मा पुगिसकेको छ।