बैतडी : सपोर्ट सोसाइटी नेपालद्धारा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। शनिबार शहिद स्मृति सार्वजनीक पुस्तकालयमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको सपोर्ट सोसाइटी नेपालका सचिव दशरथ सिह नायकले बताउनुभयो।
शैक्षिक सामग्री निमार्ण तथा व्यवस्थापन सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रमका बिच बुक कर्नर समेत वितरण गरिएको सचिव नयाकले जानकारी दिनुभयो। आत्म निर्भरताको लागि शिक्षा परियोजना अन्तर्गत शैक्षिक गुणस्तर सुधारका लागि मेलौली नगरपालिका–०१ का १० वटै सामुदायिक बिद्यालय र धर्मघर माविका प्रत्येक कक्षालाई ६५ ओटा बुक कर्नर वितरण गरिएको जनाईएको छ।
विगतका दिनदेखी शिक्षा क्षेत्रमा काम गर्दै आएको सपोर्ट सोसाइटीले विद्यार्थीका लागि आवश्यक पर्ने किताबहरुका साथसाथै विभिन्न सन्दर्भ पुस्तकहरु राख्नको सहज होस भनेर बुक कर्नर वितरण गरिएको सोसाइटी अध्यक्ष राम सिह नेगीले बताउनुभयो। सामुदायिक विद्यालयका विद्यार्थीमा पठन संस्कृतिको विकासका लागि विषयगत शैक्षिक सामग्री सहित बुक कर्नर राख्नुपर्ने व्यवस्था अनुसार बुक कर्नर वितरण गरिएको उहाले बताउनुभयो।
अभिमुखिकरण कार्यक्रममा शिक्षा क्षेत्रको अवस्था र शैक्षिक स्तर कसरी सुर्धान सकिन्छ भनेर छलफल गरिएको थियो। कोरोना कहरपछि खस्किएको शैक्षिक अवस्थालाई कसरी लयमा ल्याउन सकिन्छ भनेर सहभागिहरु सबैले आ–आफ्नो तर्क राखेका थिए।
अभिमुखिकरण कार्यक्रमान प्रमुख अतिथि मेलौली नगरपालिका सामाजिक विकास समिति संयोजक लोकराज भट्ट रहनु भएको थियो। यसैगरी कार्यक्रममा मेलौली नगरपालिका–०१ का वडा अध्यक्ष शरद सिह नेगी, वडा स्थित सम्पूर्ण सामुदायिक बिद्यालयका प्रधानाध्यापक, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक सघंका अध्यक्ष, मेलौली नगरपालिका शिक्षा शाखा प्रमुख मनु कुमारी क्षेत्री, प्राबिधिक सहायक रोहित भट्ट, ईलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीका ईन्चार्ज नरेन्द्र चन्द लगायत शिक्षकहरु र पत्रकारहरुको सहभागिता रहेको थियो।