पुस १२, सोमबार २०७८-
बैतडीमा नेकपा एमालेले पार्टीको भातृ संगठन युवा संघ बिस्तार कार्यक्रमलाई तिब्रता दिईरहेको छ । हिजो पञ्चेश्वर गाउँपालिकामा बिरेन्द्र भण्डारीको अध्यक्षतामा ३९ सदस्यीय पालिका कमिटि बिस्तार गरेको थियो भने आज जिल्लाको शिवनाथ गाउँपालिकामा पनि गोपाल सावदको अध्यक्षतामा ४१ सदस्यीय युवा संघको पालिका कमिटि बिस्तार गरिएको युवा संघका कन्द्रिय सचिवालय सदस्य लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
हिजो पञ्चेश्वरमा सम्पन्न औपचारीक कार्यक्रमको प्रमुख अतिथि एमाले प्रदेश कमिटि सदस्य एवम पञ्चश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्द, बिशिष्ट अतिथिमा राष्टिय युवा संघका प्रदेश सह इन्चार्ज बिस्ना चन्द, प्रदेश अध्यक्ष एवम केन्द्रिय सचिव सन्तोस जोसी, स्थायि कमिटि सदस्य देबेन्द्र कुवँर, सचिवालय सदस्य लोकेन्द्र भण्डारी र राजेन्द्र चन्द लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी आज शिवनाथमा सम्पन्न कार्यक्रमको प्रमुख तथिमिा नेकपा एमालेका प्रदेश कमिटि सदस्य एवम शिवनाथ गाउँपालिका इन्चार्ज भरत मडै रहनु भएको थियो । बिशिष्ट अतिथिमा बिशिष्ट अतिथिमा राष्टिय युवा संघका प्रदेश सह इन्चार्ज बिस्ना चन्द, युवा संघ स्थायि कमिटि सदस्य देबेन्द्र कुवँर, सचिवालय सदस्य लोकेन्द्र भण्डारी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।