दोश्रो जय प्राप्ती म्युजिक अवार्ड २०८१ को तयारी पुरा भएको छ। यहि आउँदो २०८१ साल असार ८ गते शनिबार नेपाल चलचित्र विकास वोर्डको हलमा उक्त अवार्ड समारोह गर्न लागिएको हो।
गीतसंगितको संरक्षण, प्रवर्धनमा लागि परेको जयप्राप्ती म्युजिकको आयोजनामा हुन लागेको अवार्डमा देशका ख्यातिप्राप्त कलाकारहरु, हाँस्यकलाकार, अग्रजदेखि अनुजसम्मका कलाकारहरुको वेजोड प्रस्तुती रहने अवार्डका अध्यक्ष तथा लोकप्रिय गायक जयराज भट्टले जानकारी दिए। कार्यक्रममा अग्रज देखि अनुजसम्मका कलाकार,समाजसेवी,सञ्चारकर्मी समेत सम्मानित हुँदै छन।
२०७३ सालमा स्थापित जय प्राप्ती म्युजिक मार्फत गीतसंगित सार्वजनिक तथा विविध कार्यक्रमहरु सम्पन्न भएका छन। यो भन्दा अघिल्लो पटकको प्रथम जय प्राप्ती म्युजिक अवार्ड भव्य रुपमा सम्पन्न भएको थियो।
