बैतडी : मेलौलीमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। मंगलबार वडा नं ४ को कार्यालय तितावैमा एकदिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको पशु सेवा शाखा प्रमुख कमलापति भट्टराईले बताउनुभयो।
मेलौली नगरपालिका पशु सेवा शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको पशु सेवा शाखा प्रमुख भट्टराईले बताउनुभयो। शिविरमा बाह्य र आन्तरिक परजिविका कारण लाग्ने रोगहरुको औषधि वितरण उहाले बताउनुभयो।
शिविरमा १०३४ बाख्रा, १२५ भैसी, १६१ गाईगोरु, ४५० कुखुरलाई औषधी वितरण गरिएको जनाईएको छ। किसानहरुलाई पशुहरुमा लाग्ने रोगहरुको बारेमा जानकारी दिएको र पशु रोगबाट बच्ने उपायबारे परामश सेवा समेत प्रदान गरिएको प्रमुख भट्टराईले बताए।