बैतडी : शिवनाथमा न्यायिक समिति सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन भएको छ। गाँउपालिकाको सभाहलमा बुधबारबाट तिनदिने अभिमुखिकरण कार्यक्रम सञ्चालन भएको गाँउपालिकाले जानकारी दिएको छ।
गाँउपालिकाको आयोजनामा न्यायिक समितिको कार्य सम्पादन क्षमता अभिबृद्धि सम्बन्धी तिनदिने अभिमुखिकरण कार्यक्रम सञ्चालन भएको गाँउपालिका उपाध्यक्ष सकुन्तला साँउदले जानकारी दिनुभयो। न्यायीक समितिका पदाधिकारी, मेलमिलापकर्ता, वडा अध्यक्ष लगायत ३५ जनालाई न्यायिक समितिको काम कर्तव्य र न्यायिक समितिको अधिकार क्षेत्रबारे जानकारी गर्ने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको जनाईएको छ।
गाँउपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक साउदको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो। यसैगरी कार्यक्रमका प्रमुख अतिथी गाँउपालिका अध्यक्ष कर्ण सिह साँउद र विशिष्ट अतिथी प्रमुख प्रशसकिय अधिकृत नरेन्द्र सिह महता रहेका थिए।
कार्यक्रमको सहजिकरण अधिबक्ता एवं कानुनी सल्लाहकार दिपेन्द्र चन्दले गर्नुभएको छ।