बैतडी : मेलौलीमा पनि दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ। देश भरि जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र मेलौलीले पनि योग दिवस मनाईएको हो।
“आफू र समाजका लागि योग” भन्ने नाराका साथ जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र मेलौलीको आयोजनामा दशोँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको योग प्रशिक्षक राज बहादुर चन्दले बताउनुभयो। योगका विभिन्न आसन र प्राणायाम गरि कार्यक्रम मनाइएको उनले बताउनुभयो।
स्वस्थ रहनका लागि मानव जीवनमा योगको महत्वपूर्ण भूमीका रहेको योग प्रशिक्षक चन्दको भनाई रहेको छ। आसन प्राणायाम गर्दा नसा च्यापिएको, मुटुरोग सम्बन्धि, स्वास रोगका लागि योग आवश्यक रहेको जनाईएको छ। स्वस्थ जीवनका लागि योग गर्न अपरिहार्य रहेको भन्दै उनले योगले फिटसेन राख्नुका साथै चित्त शुद्धि, मन समेत शान्त राख्ने काम गर्ने बताए।
व्यवहारिक हिसाबले शरीर, मन र भावनालाई सन्तुलित गर्ने र तालमेल मिलाई राख्ने एक साधनको रुपमा योग मानिन्छ। योगले शरीरको अंग, मांशपेशी, नसालाई चुस्त र तन्दुरुस्त राख्ने काम गर्दछ। पछिल्लो समय शारीरिक एवं मानसिक उपचारमा योग सर्बोत्तम बिकल्प मानिएको छ।
मधुमेह, उच्च रक्तचाप, दम, युरिक एसिड, पाचन विकार, बाथ जस्ता रोगको नियन्त्रण एवं निदानका लागि योग अपरिहार्य रहेको आयुर्बेदिक चिकित्सकहरुको भनाई छ। मानसिक तथा शारीरिक विकार हटाएर शरीरलाई स्वस्थ्य बनाउन योगले महत्वपूर्ण काम गर्ने गर्दछ।
योग दिवसमा मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्द, समेत सहभागि हुनु भएको थियो। यसैगरी मेलौली ९ का वडा अध्यक्ष लोकराज भट्ट, ईलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीका ईन्चार्ज नरेन्द्र बहादुर चन्द, मणिलेक माविका प्रधानाध्यापक देवदत्त कलौनी लगायत बिभिन्न सघं सस्थाका कार्यालय प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, शिक्षक, ब्यापारी लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो।