नेकपा एमाले मेलौलीद्धारा नगर प्रमुख चन्दलाई ज्ञापनपत्र

बैतडी: नेकपा एमाले मेलौलीले मेलौली नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ। नेकपा एमाले मेलौली नगरकमिटीका अध्यक्ष भिमदत्त भट्ट सहितको टोलीले शुक्रबार नगरप्रमुख भीम बहादु्र चन्दलाई ज्ञापनपत्र बुझाएका हुन् ।

स्थानीय तहलाई नेपालको संबिधानले दिएको अधिकारको कार्यान्वनमा ढिलासुस्ती भएको भन्दै ज्ञापनपत्र बुझाईएको छ। नगरपालिकाको उदासिनताले नगरको बजेट कार्यान्वय हुन नसकि फ्रिज हुने, योजनाहरुको सम्बन्धित निकायबाट समयमै अनुगमन नहुने, दिगो बिकासको लक्ष्य हासिल गर्ने योजनाहरु अघि बढाउनुपर्ने, लक्षित बर्गका लागि छुट्याएको बजेट सम्बन्धीत क्षेत्रमा मात्रै खर्च गर्नुपर्ने , स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने, र कार्यक्रमहरु दिगो बन्न नसकेको ज्ञापनपत्रमा उल्लेख गरिएको नेकपा एमाले मेलौली नगरकमिटी अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

यसैगरी ज्ञापनपत्र मार्फत आगामी आर्थीक बर्षको निति, कार्यक्रम तथा बजेटमा समाबेशी, समानतामुलक र न्यायोचित ढंगले योजना तर्जुुमा गर्न समेत आग्रह गरिएको छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारमा मापनीय प्रगति देखिने गरी नगरबासिको भावना समेटी अपनत्व महसुस हुने कार्यक्रम बनाउन ज्ञापनपत्र मार्फत नगरपालिकालाई आग्रह गरिएको छ।

ज्ञापनपत्र

Leave A Reply

Your email address will not be published.