गायक महरालाई “झुपा” गितबाट उत्कृष्ट गायन अवार्ड

बैतडी : गायक जनक महराले देउडा ठाडिभाका “झुपा” गितबाट उत्कृष्ट गायन अवार्ड पाएका छन। दोस्रो जय प्राप्ति म्यूजीक अवार्डबाट गायक महराले अवार्ड पाएका हुन।

नेपाल चलचित्र बिकाश बोर्ड चाबहिलमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा गायक महरालाई अवार्ड सहित सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका रक्षा मन्त्री माननीय हरि उप्रेतीले गायक महरालाई सम्मान सहित अवार्ड प्रदान गरेका हुन।

आफुले गाएको गितबाट अवार्ड पाउदा धेरै खुसी भएको गायक महराले बताएका छन। यो अवार्डले आगामी दिनमा गित संगित लाग्ने हौसला बढाएको उनले बताए।

अवार्ड कार्यक्रममा देशका ख्याती प्राप्त कलाकारहरु, हास्य कलाकार लगायत गित संगितका अग्रज ब्यक्तिहरुको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.