बैतडी: मेलौली नगरपालिका–०८ कोटिगाँउका समाजसेवी मदन सिह बिष्टको पहलमा गाँउका नागरीकहरुको निःशुल्क स्वास्थ्य चेकजाच गरिएको छ। हाल रोजगारको शिलशिलामा कोरीयामा रहनु भएका बिष्टले आफ्नो पहलमा कोटिगाँउको हरडादेखी खोरडासम्मका प्रत्येक घरमा स्वास्थ्यकर्मी खटाएर ५३३ जनाको निःशुल्क स्वास्थ्य चेकजाच गरेका छन।
आधारभुत स्वास्थ्य केन्द्र मेलौली ८ का प्रमुख दिपक प्रशाद बाग र अनमी साबित्रा दयाललाई प्रत्येक नागरीकको घरमा खटाएर स्वास्थ्य चेकजाँच गरिएको समाजसेबी बिष्टले बताउनुभयो। बैसाख २२ गतेबाट शुरु गरिएको निःशुल्क स्वास्थ्य चेकजाच, परामर्श तथा औषधी वितरण कार्य असार ८ गते (हिजो) शनिबार सम्पन्न गरिएको उहाले बताउनुभयो।
शनिबारको दिन बिदा हुने भएकाले दुईजना स्वास्थ्यकर्मी खटाएर स्वास्थ्य चेकजाँच गरिएको हो। कोटिगाँउको हरडादेखी खोरडासम्म ३२२ महिला र २११ पुरुष गरि ५३३ जनाको स्वास्थ्य चेकजाँच गरिएको आधारभुत स्वास्थ्य केन्द्र मेलौली ८ का प्रमुख बागले जानकारी दिनुभयो।
प्रत्येक नागरीकको घरमै गएर बिपि, सुघर, श्वासप्रश्वास जाच लगायत अन्य समस्याहरुको जाँच गरी आवश्यक परामर्श र औषधी वितरण गरिएको स्वास्थ्यकर्मी बागले बताउनुभयो। स्वास्थ्य परिक्षणको क्रममा उच्च रक्तचाप भएका बिरामीहरु बढि मात्रामा देखा परेको समेत उनले बताउनुभयो।
अस्पतालसम्म जान नसक्ने जेष्ठ नागरीक र अपाङ्ग ब्यक्तिहरुले घरमै निशुःल्क स्वास्थ्य चेकजाच गर्न पाउदा खुसि ब्यक्त गरेका छन। “स्वास्थ्य नै धन हो” भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै पहिलो चरणको स्वास्थ्य परिक्षण सम्पन्न पश्चात प्रत्येक ६–६ महिनामा यो अभियान सञ्चालन हुने समाजसेबी बिष्टले मेलौली खबरलाई जानकारी दिनुभयो।
बिष्टले यो भन्दा पहिला पनि गाउँमा थुप्रै सामाजीक कार्य गरिसकेका छन। उनले केहि महिना अगाडी आफ्नो गाउँमा चोटपटक लागेका, सुत्केरी बेथाले च्यापेको महिला अथवा कोहि अत्यन्तै समस्यामा परेका आर्थीक अवस्था कमजोर भएका ब्यक्तिहरुलाई सहयोग गर्ने घोषणा गरेका थिए। सोहि बाचा अनुसार बिष्टले अस्पताल सम्म पुर्याउन गाडीको ब्यवस्था गर्ने र अन्य समस्या समाधानका लागि समेत थुप्रै ब्यक्तिलाई आर्थीक सहयोग गरिसकेका छन।