बैतडीको शिवनाथमा शिक्षकको पेशागत विकासका लागि कार्यशाला गोष्ठि सम्पन्न

बैतडी : शिवनाथमा शिक्षकको पेशागत विकासका लागि कार्यशाला गोष्ठि सम्पन्न भएको छ। शिवपूर्ण माध्यमिक बिद्यालय लामाखालिको आयोजनामा शिक्षकको पेशागत विकासका लागि शैक्षिक सामग्री निमार्ण तथा प्रयोग सम्बन्धी दुईदिने कार्यशाला गोष्ठि सम्पन्न भएको शिक्षक शम्भु सिह बिष्टले जानकारी दिए।

May be an image of 9 people and text

शिक्षण सिकाई प्रभावकारी बनाउन शुक्रबार र शनिवार बिद्यालयमा कार्यशाला गोष्ठि आयोजना गरिएको प्रधानाध्यापक सुरत बहादुर चन्दले बताउनुभयो। शिक्षा क्षेत्रका दुईजना बिज्ञ बोलाई पठन पाठनको लागि आवश्यक पर्ने शैक्षिक सामग्री निमार्ण र प्रयोग सम्बन्धी ज्ञान हासिल गरिएको प्रधानाध्यापक चन्दले जानकारी दिनुभयो।

May be an image of 9 people, people studying, chess, childrens toy and text

बिद्यालयका शिक्षकहरुलाई पुष्पराज लेखक र दिनेश साउदले प्रशिक्षण दिनुभएको थियो। गोष्ठि समारोहलाई बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष जनक सिंह धनाडी र प्रमुख अतिथी शिवनाथ गाँउपालिका अध्यक्ष कर्ण सिंह साउदले उद्घाटन गर्नुभएको थियो।

May be an image of 7 people, people studying and text

यसैगरी कार्यक्रमका बिशिष्ट अतिथी शिवनाथ गाँउपालिका–०५ का अध्यक्ष केशब बहादुर चन्द र शिवनाथ गाँउपालिका शिक्षा शाखा प्रमुखको उपस्थिती रहेको थियो। गोष्ठिले शिक्षण सिकाईलाई प्रभावकारी बनाउन सहज भएको शिक्षक बिष्टले बताउनुभयो।

May be an image of 5 people, people studying and text

Leave A Reply

Your email address will not be published.