बैतडी : शिवनाथ गाँउपालिका–०६ का कृषकहरुलाई पोलिहाउस वितरण गरिएको छ। आर्थीक बर्ष २०८०/०८१ को बजेटबाट १५ जना कृषकहरुलाई पोलिहाउस वितरण गरिएको वडा अध्यक्ष भरत राम पार्किले जानकारी दिनुभयो।
तरकारी खेतीलाई व्यावसायिक बनाउने उद्देश्यले पोलिहाउस वितरण गरिएको वडा अध्यक्ष पार्किले बताउनुभयो। तरकारी उत्पादन बढाउन कृषकहरूलाई सहज होस भनेर पोलिहाउस निःशुल्क वितरण गरेको हो। हावाहुरी तथा असिना परेको बेला तरकारी बाली नष्ट नहोस भनेर पोलिहाउस वितरण गरिएको वडा सचिव राज बहादुर चन्दले बताउनुभयो।
तरकारी बालिलाई घामपानिबाट बचाई जिपिकोपार्जन गर्न सहज हुने अपेक्षा गरिएको छ। तरकारी बालि बचाउन वडाबाट पोलिहाउस पाउदा आफुहरु ज्यादै खुसि भएको किसानहरुले बताएका छन।