सांसद चन्दद्धारा छाउपडी गोठमा भएको बलात्कारबारे गृहमन्त्रीसँग जवाफ माग

राष्ट्रिय सभामा सत्तारुढ नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले छाउपडी गोठमा बसिरहेको किशोरीमाथि भएको बलात्कारबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग जवाफ मागेकी छन्।

राष्ट्रिय सभा आइतबारको वैठकमा सांसद चन्दले महिलाहरूले आफ्नो जीवनको अवधिमा करिब ३० वर्षसम्म महिनावारी हुने उल्लेख गर्दै महिलाको जीवनको सक्रिय समयमा हुने आक्रमणबारे सरकार गम्भीर बन्नुपर्ने बताइन्। उनले प्रजनन अंगमा मृत्यु बोकेर कहिलेसम्म हिँड्ने रु भन्दै प्रश्न समेत गरिन्।

‘छाउपडी गोठमा बसिरहेको किशोरीमाथि आक्रमण भएको छ। महिलाहरूले आफ्नो जीवनको अवधिमा करिब करिब ३० वर्षसम्म महिनावारी हुन्छौँ। यो हाम्रो जीवनको सबैभन्दा सक्रियकाल पनि हो। यसमा बच्चाबच्ची जन्माउँछौँ। करियर अघि बढाउँछौँ। औसत आयु जो नेपाली महिलाको छ, त्यसको लगभग आधा अवधि हुन जान्छ । यो हाम्रो समाजमा प्रचलित सामाजिक प्रथा हो,’ सांसद चन्दले भनिन्, ‘प्रजनन अंगमा काल बोकेर, मृत्यु बोकेर कहिलेसम्म हामीले हिँड्ने हो रु हामी महिला आफ्नो शरीरमा मृत्यु बोकेर हिँड्ने रु यसको जवाफ कसले दिने हो।

कति पटक छाउपडी गोठको कुरा उठाउनु हुन्छ भन्ने प्रश्न उठ्ने गरेको बताउँदै सांसद चन्दले भनिन्, ‘जबसम्म निर्मुल हुँदैन तबसम्म कुरा उठाउँछौँ। थाक्नेवाला छैनौँ। गृहमन्त्री ज्यूले यहाँ आएर जवाफ दिनुपर्छ। यो धेरै संवेदनशील कुरा छ।’ सांसद चन्दले छाउपडीविरुद्ध बनेका ऐन, कानुन कार्यान्वयन हुन नसकेको भन्दै आपत्ति जनाइन्।

Leave A Reply

Your email address will not be published.