युवा लक्षित कार्यक्रम समावेश गर्न नगर प्रमुख चन्दलाई ध्यानाकर्षण पत्र

बैतडी : मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्दलाई युवा लक्षित कार्यक्रम समावेश गर्न ध्यानाकर्षण पत्र बुझाईएको छ। मेलौली नगर युवा सञ्जाल समिति अध्यक्ष धनि भट्टले नगर प्रमुख चन्दलाई ध्यानाकर्षण पत्र बुझाएका छन।

मेलौली नगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा युवा लक्षित कार्यक्रम समावेश गरिदिन भन्दै ध्यानाकर्षण पत्र बुझाएको भट्टले बताउनुभयो। ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख चन्दले युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो।

शनिबार नगरपालिकाले चौधौ नगरसभामा तथा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको थियो। नगरसभामा नगर प्रमुख चन्दले कुल ४८ करोड ५ लाख ९५ हजार रुपैयाको बजेट प्रस्तुत गर्नु भएको थियो।

Leave A Reply

Your email address will not be published.