बैतडी : पञ्चेश्वर गाँउपालिका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहलाई ज्यान मार्ने धम्की दिने ब्यक्तिलाई कार्वाहीको माग गरिएको छ। आईतबार गाँउपालिकाले प्रेस बिज्ञप्ती जारी गर्दै कार्वाहीको माग गरिएको छ।
पञ्चेश्वर गाँउपालिका–०४ वालाडाडा निबासि स्वः लछि चन्दको नाति राज बहादुर चन्दको छोरा बीर बहादुर चन्दलाई र सोहि वडाको निङ्गलाड निबासि स्वः बिक्रम चन्दको नाति गम्भीर चन्दको छोरा पान बहादुर चन्दलाई कार्वाहीको माग गरिएको छ। चन्दद्वयले असार ७ गते स्वास्थय शाखा प्रमुख शाहलाई कार्यालयबाट कोठातिर जाने बेला घर आगनमै गई गालि बेज्जत र साङ्घातिक हमला गरि ज्यान मार्ने धम्की दिएको गाँउपालिकाले जनाएको छ।
सुनियोजित तारिकाले शाहमाथी गरिएको अपराधिक कार्यप्रति गाँउपालिकाले धोर भत्र्सना गरेको छ। गाँउपालिकाले घटनाको सत्य तथ्य छानबिन गरि दोशिलाई आवश्यक कार्वाहीको माग गरेको गरेको छ।
