मेलौलीका कर्मचारी काममा फर्किए

बैतडी : मेलौली नगरपालिकाका कर्मचारीहरु नियमित काममा फर्किएका छन। वडा न ९ का वडाध्यक्ष लोकराज भट्टले कर्मचारीमाथी कुटपिट गरेको भन्दै नगरपालिकाको कामकाज ठप्प पारेका कर्मचारीहरु काममा फर्फिएका छन।

शनिवार वडा अध्यक्ष भट्ट्ले जिन्सी शाखा प्रमुख चक्रमणी जोशीप्रती बोलिएका अपशब्द र भएको दुब्र्यबहारको आत्मआलोचना गरेपछि कर्मचारीहरु नियमित काममा फर्किएका हुन। एक सयुक्त बिज्ञप्ती जारी गर्दै सम्पूर्ण कर्मचारीहरु काममा फर्किएको जानकारी गराएका छन।

कर्मचारीहरुले कार्यसम्पादन गर्ने क्रममा कानुनी राज्यको उपहास हुने गरी अनावश्यक हस्पक्षेप र दुव्र्यहार नगरिदिन समेत कर्मचारीहरुले आग्रह गरेका छन। पालिकाको नियमित कामकाज अवरुद्ध हुदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कर्मचारीहरुले क्षमा मागेका छन।

बिहीवार वडाध्यक्ष भट्ट र जिन्सी शाखाका कर्मचारी जोशि बिच प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दको कार्यकक्षमा विवाद भएको थियो। वडाले कार्यालय सञ्चालन तथा मसलन्द खर्च भनेर छुट्याएको ५० हजार रकम भुक्तानीका लागि बिलसहित वडाध्यक्ष भट्टले कार्यालय प्रमुख समक्ष पेश गरेका थिए।

तर उक्त रकम जिन्सी शाखाले वडा कार्यालयको सिफारिस बिनै खर्च भईसकेको कुरा गरेपछि प्रमुख प्रशासकिय अधिकृत चन्दको कार्यकक्षमा बोलाएर छलफल गर्दा दुबै पक्षबीच बिवाद भएको वडाध्यक्ष भट्टले बताएका थिए। जिन्सी शाखा प्रमुख जोशीले भने वडाले मसलन्द तथा कार्यालय सामग्री शिर्षकको बजेट खर्च नभएको र केहि समान खरिद गरि वडामा पठाईसकेको भन्ने कुरा गर्ने बेला आफुमाथी हातपात भएको दावि गरेका थिए।

बिहीबार कर्मचारीहरुले भने संयुक्त विज्ञप्ती जारी गर्दै वडाध्यक्ष भट्टले कार्यालय प्रमुखकै कार्यकक्षमा घाँटि अठ्याँई कुटपिट गरेको आरोप लगाएका थिए। कार्यालय कामकाजको शिलशिलामा कार्यालय प्रमुखसंग छलफल गरिरहेको बेला कुटपिट भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरि दोषिलाई आवश्यक कार्वाहीको माग गरिएको थियो।

कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गर्दै पालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द थिए।

No description available.

यसैगरी नगर प्रमुख भिमबहादुुर चन्दले पनि एक बिज्ञप्ती जारी गर्दै नगरपालिकामा भएको घटनाप्रति दुःख ब्यक्त गरेका छन। वडा अध्यक्षलाई सचेत गराई माफीपनि मागिसकेको अवस्थामा सम्पूर्ण कर्मचारीको सुरक्षाको प्रत्याभुती गराउने जानकारी गराएका छन।

नगर प्रमुख चन्दले सम्पूर्ण कर्मचारीलाई नियमित काममा फर्किई सार्वजनीक सेवा प्रवाहलाई प्रभावकारी रुपमा अगाडी बढाउन निर्देशन दिएका छन।

No description available.

Leave A Reply

Your email address will not be published.