मेलौलीको नगर स्टेडीयममा दुबो रोप्ने कार्य सुभारम्भ

बैतडी : मेलौलीको नगर स्टेडीयममा दुबो रोप्ने कार्यको सुभारम्भ गरिएको छ। शनिवार नेपाली कांग्रेस मेलौली नगर कार्य समितिको आयोजनामा दुबो रोप्ने कार्यको सुभारम्भ गरिएको नगर सभापती प्रमानन्द भट्टले बताउनुभयो।

मेलौली नगरपालिका–०१ बिठ्ठनेमा रहेको नगर स्टेडीयममा दुबो रोप्ने कार्यको थालनी भएको हो। दुबो रोप्ने कार्यमा बिभिन्न राजनितिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवि, खेलप्रेमि लगायत मेलौली नगरपालिकाका नि-वर्तमान नगर प्रमुख कृष्ण सिह नायकको सहभागिता रहेको थियो।

मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्द र नगर उपप्रमुख पार्वती बोहरा बिष्ट पनि दुबो रोप्ने कार्यमा सरिक भएका छन। यसैगरी वडा न ९ का वडाध्यक्ष लोकराज भट्ट, वडा ७ का वडाध्यक्ष रामचन्द्र भट्ट, वडा न ४ का वडाध्यक्ष हर्क बहादुर चन्द, प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर चन्द लगायत नगरपालिका कर्मचारी र कार्यपालिका सदस्यहरु पनि सहभागि भएका थिए।

शनिवारदेखी शुरु भएको दुबो रोप्ने कार्य भाद्र असोज महिनासम्म जारी रहने जनाईएको छ।

Leave A Reply

Your email address will not be published.