एसईईमा उत्कृष्ट नतिजा ल्याएका लुहारलाई बिष्टको २५ हजार पुरस्कार

बैतडी : मेलौली नगरपालिका–०८ कोटिगाँउका गौरव राम लुहारले एसईई परिक्षामा ३ः३९ जिपीए ल्याएर २५ हजार पुरस्कारपाएका छन। हाल रोजगारको शिलशिलामा कोरीयामा रहेका मेलौली ८ कै मदन सिह बिष्टले २५ हजार एक सय रुपैया पुरस्कार दिएका छन।

आर्थीक अवस्था नाजुक भएका लुहार शारिरीक हिसावले पनि खुट्टाका अपाङ्ग हुन। कक्षा १० मा गएसंगै खुट्टामा गम्भीर चोट लागेर अपाङ्ग भएका उनले करिव ५/६ महिना घरमै स्वअध्यन गरेका थिए।

कमलपुर माविमा अध्यनरत लुहारले ३ः३९ जिपीए ल्याएर उत्तिर्ण हुदा खुसि भएर पुरुस्कार दिएको बिष्टले बताएका छन। एउटा गरिव घरको मान्छे त्यसमा पनि अपाङ्ग भई घरमै अध्ययन गरेर उत्कृष्ट नतिजा ल्याउदा खुसि भएर सम्मान स्वरुप पुरस्कार दिएको उनले बताएका छन।

बिष्टले पठाएको पुरस्कार सामुदायिक रेडियो मेलौलीको कार्यालयमा बोलाई लुहारलाई हस्तान्तरण गरिएको छ। आर्थीक अवस्था न्यून भएका लुहारलाई पढाईको लागि स्थानीय सरकारले केहि सहयोग नगरेको खण्डमा कक्षा ११/१२ पनि आफैले पढाईदिने घोषणा गरेका छन।

हौसला स्वरुप पुरस्कार दिने बिष्टलाई लुहार परिवारले धन्यवाद दिएका छन। हिजोका दिनबाटै बेलाबेलामा सहयोग गर्दै आएका बिष्लाई आगामी दिनहरुमा साथ सहयोगको अपिल गरेका छन।

समाजसेवी बिष्टले थुप्रै समाजीक कार्य गरिसकेका छन। केहिदिन अघिमात्र मेलौली ८ को हरडादेखी खोरडासम्म प्रत्येक नागरीकको घरमा स्वास्थ्यकर्मी पठाई निशुल्क स्वास्थ्य चेकजाँच गराएका थिए।

शनिबारको दिन बिदा हुने भएकाले दुईजना स्वास्थ्यकर्मी खटाएर ३२२ महिला र २११ पुरुष गरि ५३३ जनाको स्वास्थ्य चेकजाँच गराएका थिए। स्वास्थ्य चेकजाँच अभियान प्रत्येक ६६ महिना सञ्चालन हुने समेत बताएका छन।

Leave A Reply

Your email address will not be published.