घाँटी रेटिएको अवस्थामा फेला परेका निर्माण व्यवसायी भट्टको मृत्यु

डडेल्धुरा : घाँटी रेटिएको अवस्थामा जंगलमा घाइते फेला परेका निर्माण व्यवसायी डम्वरदेव भट्टको मृत्यु भएको छ। भट्टको धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो।

शनिबार बिहान डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ५ का ४५ वर्षीय भट्ट घाँटीमा चक्कुले रेटिएको अवस्थामा घाइते फेला परेका थिए। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार उनी घर नजिकैको जंगलमा फेला परेका थिए।

घाइते फेला परेका भट्टलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुगाइएको थियो। डडेल्धुरा अस्पतालले थप उपचारका लागि अन्यत्र पठाएकोमा शनिबार दिउसो उनको धनगढीमा मृत्यु भएको उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष द्विजराज भट्टले जानकारी दिए।

निर्माण कार्य सम्पन्न गरिसक्दा समेत सम्बन्धित कार्यालयले भुक्तानी नदिएपछि उनी आर्थिक समस्यामा रहेको उनी निकट साथीहरूलाई बताउँदै आएका थिए। भट्ट शुक्रबार साँझबाट परिवारका सदस्यसंग सम्पर्कमा थिएनन्। रातिसम्म घर नफर्किएपछि उनका आफन्तले खोजी गरेको तर भेटिएका थिएनन्।

Leave A Reply

Your email address will not be published.