मेलौली ट्याक्टर दुर्घटना अपडेट्: दुई बालिका घाइते

बैतडी: मेलौलीमा ट्याक्टर दुर्घटनामा परेको छ। वडा नं ३ को कुजागाड सडकखण्डको तल्खेत भन्ने स्थानमा सुपप्र ०२ च ००२ त ४३७० नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।

ट्याक्टर दुर्घटनामा परी दुई बालिका घाइते भएकी छन्। घाइते हुनेमा सोही ठाउँका करन चन्दकी ७ वर्षीया छोरी निकिता चन्द र बिर बहादुर चन्दकी ७ वर्षीया छोरी पुर्णीमा चन्द रहेकी छन्। घाइते दुवैलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन लगिएको छ।

कुजागाड सडकखण्डमा ढुंगा लोड गर्ने क्रममा एक्कसाी ट्याक्टर अगाडी बढेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ। ट्याक्टर सडकबाट सय मिटर तल खसेको हो।

दुर्घटनामा परेको टयक्टरको अगाडीको भाग स्थानीय धनी भट्टको घरमाथि अडिएको छ,भने पछाडीको भाग घरअगाडीको बारीमा पुगेको छ। घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.