बैतडी: मेलौलीमा देउडा खेलेर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईएको छ। शनिवार मेलौली नगरपालिका–०७ पचकोरामा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईएको हो।
उपहार कोसेली कृषक समुहको आयोजना र मेलौली नगरपालिकाको आर्थिक सहयोगमा राष्ट्रिय धान दिवस मनाईएको उपहार कोसेली कृषक समुहका अध्यक्ष कमला रावतले बताउनुभयो। कृषक समुहका १६ जना सदस्य अन्य स्थानीयको सहभागितामा पचकोरा खेतमा रोपाई गर्दै राष्ट्रिय धान दिवस मनाईएको जनाईएको छ।
मेलौली नगरपालिकाको मकैवाली प्रर्बद्धन कार्यक्रमबाट १० हजार सहयोगमा धान दिवस आयोजना गरिएको थियो। दिवसको अवशरमा देउडा प्रतियोगिता पनि सञ्चालन गरिएको उपहार कोसेली कृषक समुहका अध्यक्ष रावतले बताउनुभयो।
देउडा प्रतियोगितामा दुईजना प्रथम र द्धित्तीयलाई पुरस्कार समेत वितरण गरिएको थियो। प्रतियोगितामा उपहार कोसेली कृषक समुहका अध्यक्ष समेत रहनु भएका रावत प्रथम र जगदिश धनाडी द्धित्तीय भएका थिए।
देउडा प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार र द्धित्तीय हुनेलाई ४ हजार पुरस्कार प्रदान गरिएको थियो।