महाकाली नदीमा डुबेर ज्यान गुमाएकी रजनीको सम्झनामा अक्षयकोष स्थापना

बैतडी : बैतडीको शिवनाथमा एक परिवारले स्वर्गीय छोरीको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। शिवनाथ गाँउपालिका–०१ स्वालका शेर सिह चाड र बसन्ती चाडले स्वर्गीय छोरी रजनी चाडको सम्झनामा एक लाँखको अक्षयकोष स्थापना गरेका छन।

असार ८ गते शनिवारका दिन महाकाली नदीमा डुबेर ज्यान गुमाएकि रजनीको सम्झनामा अक्षयकोष स्थापना गरिएको आफन्त दशरथ चाडले बताउनुभयो। उनले अध्ययन गर्ने बिद्यालय युवा बर्ष माध्यमिक बिद्यालय शिवनाथ गाँउपालिका–०२ बस्कोटीमा एक लाखको अक्षयकोष स्थापना गरिएको उनले बताए।

यसैगरी मृतक रजनीका मावली पट्टिका हजुरबुवा मोहन सिह साँउदले पनि सोही बिद्यालयमा २५ हजारको अक्षयकोष स्थापना गरेका छन। रजनीको सम्झनामा बिद्यालयलका प्रधानाध्यापक रुपसिह चौक्यालले ५ हजार, सहायक शिक्षक लालसिह चौक्यालले ५ हजार र अन्य शिक्षक स्टापहरुले ३ हजार पाच सय रुपैया अक्षयकोषमा सहयोग गरेका छन।

रजनीको सम्झनामा परिवार र अन्य गरेर १ लाँख ३८ हजार ५ सयको अक्षयकोषको स्थापना गरिएको छ। अक्षयकोषको व्याजले विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई बार्षिक रुपमा पुरस्कार/सम्मान प्रदान गरिने विद्यालयले जनाएको छ ।

शिवनाथ गाउँपालिका १ कुस्मतघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा डुबेर रजनी बेपत्ता भएकी थिईन। डुबेको केही बेरपछि नेपाल प्रहरी र स्थानीय बासिन्दाले रजनीको मृत उद्धार गरेका थिए।

रजनीसंगै महाकालीमा नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड भने बेपता रहेकी छन्।

Leave A Reply

Your email address will not be published.