एसईई पूरक परीक्षाको तालिका सार्वजनिक

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसइई पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ।

सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार आगामी साउन २३ गतेदेखि सुरु गर्ने गरी आज तालिका सार्वजनिक गरेको छ।

२०८० साल चैत्र १५ गते देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसइईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूले पूरक परीक्षामा भाग लिन पाउने जनाएको छ।

Leave A Reply

Your email address will not be published.