बैतडी : शिवनाथमा आरन व्यवसायीहरुलाई कर्कटपाता (टिन) वितरण गरिएको छ। वडा न ५ भित्रका १२ आरन व्यवसायीहरुलाई कर्कट पाता वितरण गरिएको वडाध्यक्ष केशव बहादुर चन्दले बताउनुभयो।
आरनलाई व्यवसायमुलक बनाउन व्यवसायीहरुको माग अनुसार कर्कटपाता वितरण गरिएको वडाध्यक्ष चन्दले बताउनुभयो। आरन व्यवसाय गर्ने ठाउँको छाना मर्मतमा सहयोग पुगोस भन्ने उदेश्यले राहात स्वरुप कर्कटपाता वितरण गरिएको जनाईएको छ।
आरन पेशा गर्दै आएका व्यवसायीहरुले वडालाई धन्यवाद दिएका छन। बर्षातको समयमा चुहिने छनोमा काम गर्नुपर्ने समस्या समाधान भएको व्यवसायीहरुको भनाई रहेको छ।