एसइई : मेलौलीका ३ सहित बैतडीका १८ विद्यालयको नतिजा शून्य

बैतडी: माध्यामिक शिक्षा परीक्षा एसैइईमा बैतडीका १८ वटा विद्यालयको नतिजा शून्य आएको छ। बैतडीबाट एक सय ३२ विद्यालय परीक्षामा सहभागी रहेकामा १८ विद्यालयको नतिजा एनजी आएको छ।

जसअन्तर्गत सुर्नया गाउँपालिकाका राष्ट्रिय, नेरा, सिगास, केदार, कैलपाल र उदयदेव माविका सबै परीक्षार्थीको नतिजा एनजी छ। दशरथचन्द नगरपालिकाका सरस्वती संस्कृत, शोभा, गुरुकूल र कैलपालेश्वर माविको नतिजा शून्य छ ।

मैलौली नगरपालिकाको केदारेश्वर, सुदर्शन र भरतपुर मावि, दोगडाकेदार गाउँपालिकाको रौलेश्वर र चनैराज मावि छन्। पाटन नगरपालिकाको निलपलेश्वर मावि, सिगास गाउँपालिकाको भूमिराज मावि र पञ्चेश्वर गाँउपालिकाको देवथला माविका सबै विद्यार्थीको नतिजा एनजी छ।

बैतडीको सूर्नया गाउँपालिकामा १२ मावि मध्ये ६ वटाको नतिजा शून्य छन।

Leave A Reply

Your email address will not be published.