बैतडी सहित सुदूरपश्चिमका धेरै स्थानमा आज वर्षा भइरहेको छ। वर्षाका कारण बिभिन्न जिल्ला भएर बग्ने अधिकांश नदी तथा स–साना खोलामा बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
केही स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले उच्च सावधानी अपनाउन विभागले आग्रह गरेको छ।