बैतडी-बझाङ् जोड्ने जयपृथ्वी राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ। लगातारको बर्षाले सिगास गाउँपालिका- ९ आलुगैरामा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
शनिबार साँझ सात बजेतिर सडक माथिबाट रुख सहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि तराईबाट बझाङका लागि छुटेका सवारी साधन र बझाङबाट तराईका लागि छुटेका सवारी साधन बीचबाटोमै रोकिएका छन्
अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको तर लगातारको बर्षाले समस्या भएको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो।