बैतडी: पञ्चेश्वर गाउँपालिका ४ बुंगाकामा तीन परिवार पहिरोले विस्थापीत भएको छ। बर्षासंग आएको पहिरोले स्थानीय पदम लुहार र हिरा लुहारको घर भत्काएको हो। लुहारको घरसँगै जोडिएको १० कोठे अर्को घरपनि जोखिममा परेको छ।
घर भत्कीएपछि पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख चन्द र उपाध्यक्ष बिना भट्टले तत्काल स्थलगत अनुगमन गरेर सुरक्षित स्थानमा सारिएको विपद व्यवस्थापन शाखा प्रमुख सुरेशराम सार्किले बताए। विस्थापित तीन परिवारलाई स्थानीय सामुयिक सचेतना भवनमा सारिएको गाउँपालिका उपाध्यक्ष भट्टले बताइन्। उनले घरपुर्ण क्षती भएकाले अहिले राहत स्वंरुपमा गाउँपालिकाले खाद्य समाग्री, त्रिपाल लगायतका सामाग्री प्रदान गरेको बताइन्।
उनलाई आगामी आर्थिक बर्षको बजेटमा छाना मर्मतका लागि आर्थिक सहयोग गरिने गाउँपालिको जनाएको छ। यसैगरी जिल्लाको दशरथचन्द नगरपालिका-३ बर्कोलीका राम थानको दुई तले घर पनि भत्किएको छ। घर पूर्णरुपमा क्षतिग्रस्त भएपछि बृद्ध समेत रहेका राम नाथ छोराको घरमा बस्दै आएका छन्।