बैतडी : मेलौलीमा युवाका मुद्धामा बहस पैरवी कार्यक्रम सम्पन्न भएको छ। नेपाल युवा परिषदद्धारा सञ्चालित मेलौली नगरपालिकाको आयोजना र सामुदायिक रेडियो मेलौलीको सहजीकरणमा युवामैत्री स्थानीय शासनका लागि युवाका मुद्धामा बहस पैरवी कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक एवं शिक्षा युवा तथा खेलकुद शाखा कम्प्युटर अपरेटर महेन्द्र नायकले बताउनुभयो।
प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर चन्दको सभाध्यक्ष तथा नगर प्रमुख भिम बहादुर चन्दको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको प्राबिधिक सहायक रोहित भट्टले बताउनुभयो। कार्यक्रममा नगर उपप्रमुख पार्वती बोहरा बिष्ट बिशिष्ट आतिथि रहनु भएको थियो भने वडाध्यक्षहरु, कार्यपालिका सदस्य, ईलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीका ईन्चार्ज नरेन्द्र बहादुर चन्द, विद्यालयका प्रधानाध्यापक, मेलौलीका सम्पूर्ण वडाका युवा क्लबका प्रतिनिधिहरु लगायत पत्रकारहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा समग्र युवाका मुद्धामा बहस तथा छलफल गरिएको थियो। मेलौली नगरपालिकाले युवाका बिषयका गरेका कार्य तथा आगामी दिनमा गर्ने कार्यक्रम तथा योजनाका बारेमा छलफल गरिएको कार्यक्रम संयोजक नायकले बताउनुभयो।
नौ ओटै वडाबाट सहभागि युवाहरुले नगर प्रमुख चन्द र बिभिन्न वडाध्यक्षलाई युवाका बारेमा गरेका गतिबिधिका साथै बिभिन्न मुद्धाका बारेमा सवाल सोधेका थिए। सहभागिहरुले सोधेका सवालको नगर प्रमुख चन्द र वडाध्यक्षहरुले जवाफ दिएका थिए।
युवाका बिषयहरु निति तथा कार्यक्रममा समेटिनुपर्ने, युवामैत्री शासनका लागि स्थानीय सरकार प्रतिवद्ध हुनुपर्ने र युवा लक्षित कार्यक्रम सञ्चालन हुनुपर्ने लगायतका सवालहरुका बारेमा छलफल गरिएको प्राबिधिक सहायक भट्टले बताउनुभयो। कार्यक्रममा उठाईएका बिषय तथा सवालहरुलाई समेटी १२ बुदे घोषणापत्र समेत जारी गरिएको छ।
घोषाणपत्र नमुन युवा संसद अभ्यासका नमुना नगरप्रमुख नवराज भट्टले नगर प्रमुख चन्दलाई बुझाएका थिए। घोषाणपत्र बुझ्दै नगर प्रमुख चन्दले घोषाणपत्रमा समेटिएका कुराहरुलाई कार्यान्वय गर्न आफु लगायत समग्र पालिकाले प्रतिवद्ध रहने बताएका थिए।

कार्यक्रममै ईलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीका प्रमुख नरेन्द्र बहादुर चन्दले युवाहरुलाई प्रशिक्षण दिनुभएको थियो। लागुऔषध, धम्रपान, मध्यपान र दुव्र्यशनीलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर प्रशिक्षण दिनुभएको थियो।
यसैगरी युवामैत्री स्थानीय शासनका लागि युवाका मुद्धामा बहस पैरवी कार्यक्रम मार्फत मेलौली नगरपालिकाले केहि ब्यक्तिहरुलाई सम्मान समेत गरेको छ। आफ्नो कला, क्षमता र प्रदर्शनले नगरपालिकाको नाम उच्च राख्ने र समाजीक कार्यमा अग्रसर १२ जनालाई सम्मान गरिएको मेलौली नगरपालिकाले जनाएको छ।