बैतडी: पञ्चेश्वर गाउँपालिकाले विरुवा रोपण अभियान सुरु गरेको छ। लगातारको बर्षा रोकिएपछि गाउँपालिको विभिन्न निकायबाट प्राप्त तथा पालिले खरिद गरेका विरुवाहरु कार्यालयमा रोपणका साथ विवरण समेत गरेको छ।
मंगलबार गाउँपालिका परिसरमा विरुवा रोपण गदै गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले मातथका सरकारी कार्यालय सहित विद्यालयहरुका कर्मचारीे अनिवार्य बोट विरुवा रोप्नु पर्ने निर्देशन गरेका बताए। उनले यहाँका नागरिकले मात्र नभई कर्मचारीले समेत बोट बिरुवा अनिवार्य रोप्ने गरी ३२ सय वोटहरु वितरण गरेको बताए। मंगलबार निमीत्त प्रमुख प्रशासकिय अधिकृत रामसागर साहसहितका कर्मचारीले समेत बोट गाउँपालिका कार्यालय परिसरमा बोटविरुवा रोपण गरेका छन्।
बोट रोपण गर्दै उपाध्यक्ष बिना भट्टले हरियाली पञ्चेश्वर बनाउने अभियानमा थप टेवापुग्ने बताइन्। बडर, दाल चिनि, लप्सि, इपिल, टिमुर, रिठा, बकाई नो बोट बिरुवा कार्यालय तथा व्यक्तिलाई विवरण गरेको पञ्चेश्वर कृषि शाखामा कार्यरत कृषि प्राविधिक पाँचौ धनराज वलीले बताए।
उनका अनुसार यहाँका सम्र्पण विद्यालय, स्वास्थ्य चौकी, ६ वटै वडा कार्यालयलाई बोटहरु विवरण गरेको बताए।