बैतडीको मेलौली कोटिगाँउमा आपका बोटहरु वितरण हुने

बैतडी : मेलौली नगरपालिका–०८ कोटिगाँउमा आपका बोटहरु वितरण हुने भएका छन। असार २७ गते विहीवार वडाले सम्पूर्ण परिवारलाई २ बोटका दरले आपका बोटहरु वितरण गर्ने वडाध्यक्ष तपेन्द्र सिंह बिष्टले बताए।

आपका बोटहरु लिन आउदा सामुदायिक वन समुहको जर्ना पुर्जी काटेको रसिद चाहिने वडाध्यक्ष बिष्टले बताउनुभयो। आपका बोटहरु वडा कार्यालयबाट वितरण हुने जनाईएको छ।

यसैगरी शुक्रवार कोटिगाउ सामुदायिक वन समूह अन्तर्गत पैरी प्लटमा आँप बृक्षारोपण गरिने समेत जनाईएको छ। आँप बृक्षारोपण कार्यक्रममा उपस्थित भई सहयोग गरिदिन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।

Leave A Reply

Your email address will not be published.