मेलौलीमा नगरस्तरीय साहित्य सम्मेलन हुदै

बैतडी : मेलौलीमा नगरस्तरीय साहित्य सम्मेलन हुने भएको छ। यहि असार २९ गते भानु जयन्तीको अवशरमा नगरस्तरीय साहित्य सम्मेलन हुने भएको छ।

सामुदायिक सिकाई केन्द्र मेलौली तथा साुदायिक सिकाई केन्द्र बिशालपुरको सहयोगमा नगरस्तरीय साहित्य सम्मेलन हुने कार्यक्रम संयोजक माहादेव ओझाले बताउनुभयो। सम्मेलन मणिलेक माविको प्राङ्गणमा विहान १० बजेबाट शुरु हुने उहाले बताउनुभयो।

साहित्य सम्मेलनमा नगरपालिका भित्रका साहित्यप्रेमि माहानभावहरुले मौलिक रचना सहित उपस्थित हुन सकिने मेलौली नगरपालिका सामाजिक समिति संयोजक लोकराज भट्टले बताउनुभयो।

यसैगरी सम्मेलनमा नगरपालिका भित्रका १२ ओटै माध्यमिक विद्यालयहरुलाई साहित्य प्रति रुचि भएका शिक्षक विद्यार्थीलाई सहभागि गराईदिन आग्रह गरिएको मणिलेक माविका प्रधानाध्यापक देवदत्त कलौनीले जानकारी दिनुभयो।

No description available.

Leave A Reply

Your email address will not be published.