बैतडी : मेलौली नगरपालिकाले सार्वजनिक सुनुवाई गरेको छ। आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाई तथा समिक्षा कार्यक्रम सम्पन्न भएको हो।

नगर प्रमुख भिम बहादुर चन्दको सभाध्यक्षमा पालिकाको सार्वजनीक सुनुवाई कार्यक्रम गरिएको हो। नगरपालिकाको आयोजना र सामुदायिक रेडियो मेलौली एफएमको सहजिकरणमा सुनुवाई कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर चन्दले नगरपालिकाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रस्तुत गरिएको प्रतिवेदनका बिषयमा र अन्य जनचासोका बारेमा नगरबासिहरुले प्रश्नहरु गरेका थिए। प्रश्नहरुको जवाफ नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्ष लगायत प्रश्न सोधिएका शाखा प्रमुख र सम्बन्धीत ब्यक्तिले जवाफ दिएका थिए।

सुनुवाई कार्यक्रममा आगामि बर्षको योजना तथा कार्यक्रमको बारेमा पनि स्थानियहरुले सुझाव दिएका थिए। जनतावाट आएका गुनासा, चासो, सम्मान र कदरले आफुलाई काम गर्ने आत्मबल बढेको नगर प्रमुख चन्दले बताउनुभयो।

जनताको मतले निर्बाचित भईसकेपछि सधै जनताको सेवामा तल्लिन रहने र जनमुखी काम गर्दै जाने नगर प्रमुख चन्दको भनाई रहेको छ।
