बैतडी: नेपाली कांग्रेसको भातृ संघ नेपाल विद्यार्थी संघ बैतडीको जिल्ला कार्यसमिति बिस्तार गरिएको छ। नेविसंघ बैतडीका अध्यक्ष दिपेन्द्रबहादुर ढुंगालले ९५ सदस्यीय जिल्ला कार्यसमिति बिस्तार गर्नुभएको हो।
समितिको उपाध्यक्षमा अमरबहादुर टेर, दिपेन्द्रबहादुर बोहरा, भुवन भट्ट, सचिवमा धनी भट्ट, धनबहादुर चन्द, कोषाध्यक्ष अम्बिका जोशी, सहसचिवमा रोशन भट्ट, कबिता चन्द, नविन विष्ट, धनेश्वरी भट्ट, राहुल विष्ट, पुनम भट्ट, प्रकाश विष्ट र अन्य सदस्यहरु रहेका छन्।
नेपाल विद्यार्थी संघको विधान २०२७ को छैठौं २०७३ बमोजिम जिल्ला कार्यसमिति बिस्तार गरिएको अध्यक्ष ढुंगालले बताउनुभयो। ढुंगाललाई गत जेठमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजांग शेर्पाले जिल्ला अध्यक्षमा मनोनित गर्नुभएको थियो।
नेपाल विद्यार्थी संघको विधि, विधान र मर्यादाभित्र रहेर संगठनलाई गतिशील बनाउन आग्रह गरिएको छ।



