नेपाली कांग्रेस बैतडीको बैतडी-काठमाडौं सम्पर्क समिति गठनको तयारी भएको छ। यही साउन १२ गते बैतडी-काठमाडौं सम्पर्क समिति गठनको तयारी भएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिनुभयो।
पार्टीको १४ औं महाधिवेशनपश्चात नेपाली कांग्रेस बैतडीले सम्पर्क समितिहरुलाई गठन गर्ने निर्णय गरेको थियो। सोहि निर्णयअनुसार बैतडी–काठमाडौं सम्पर्क समिति गठन गरिन लागिएको हो। सम्पर्क समिति गठनका लागि काठमाडौंको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एक कार्यक्रमको आयोजना गरिएको छ।
उक्त कार्यक्रममा काठमाडौंमा बसोबास गर्ने नेपाली कांग्रेससंग आवद्ध सम्पूर्ण नेतागण,जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरुलाई उपस्थितीका लागि अनुरोध गरिएको छ। यसका साथै क्षेत्रिय, पालिका, वडा कार्यसमिति, भातृ एवं शुभेच्छुक संस्था, क्रियाशिल सदस्य, बैतडी-काठमाडौं सम्पर्क समितिका निवर्तमान तथा पूर्व समितिका पदाधिकारी, सदस्य र सम्पूर्ण नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुलाई पनि उपस्थितीका लागि अनुरोध गरिएको नेपाली कांग्रेस बैतडीले जनाएको छ।
