बैतडी: पञ्चेश्वर गाउँपालिका-१ को पञ्चेश्वर स्वास्थ्य चौकीले आर्थिक वर्ष २०८१/०८२ का लागि नयाँ कार्ययोजना घोषणा गरेको छ। सोमबार स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठकले ल्याब सेवा निशुल्क गर्ने, ओटीसी सेन्टर संचालन गर्ने र गत वर्षका कार्यक्रमलाई पनि निरन्तरता दिने कार्ययोजनाको घोषणा गरिएको पञ्चेश्वर स्वास्थ्य चौकी प्रमुख सुरेस सार्कीले बताए।
गत वर्ष सम्म ल्याव सेवामा लिईदै आएको शुल्क चालु आर्थिक वर्षमा निशुल्क गरिने निर्णय भएको छ। स्वास्थ्य चौकीले ल्याव सेवा मार्फत सुगर, वलड, हेमोग्लोविन, विडाले, युरेन, जण्डीस, गर्भवती, एचविएसजी, युडीआरएल जाँच गर्दै आइरहेको छ।
यस्तै ६ देखी ५९ महिना सम्मका कडा शिघ्र कुपोषण भएका र खानामा रुचि भएका तथा मेडिकल जटिल्ता नभएका बच्चाहरुलाई स्वास्थ्य संस्थामा राखेर सेवा प्रदान गरिने र गत वर्षदेखि संचालन हुँदै आएका कार्यक्रमलाई पनि निरन्तरता दिने निर्णय गरिएको प्रमुख सार्कीले जानकारी दिए।
वर्षहरुमा वडा अध्यक्ष संग ६० वर्ष माथिका जेष्ठ नागरिकलाई घरघरमा गएर उपचार गर्ने कार्यक्रमलाई पनि निरन्तरता दिइने वडाध्यक्ष दिवान सार्कीले बताउनुभयो।