बैतडीमा टाउकोमा ढुङ्गा लागेर एक महिला घाइते

बैतडी -बैतडीमा टाउकोमा ढुङ्गा लागेर एक महिला घाइते भएकी छन्।जिल्लाको पाटन नगरपालिका–३ गौडालीकी ५२ वर्षीया जानकी अवस्थी घाइते भएकी हुन्।

उनी घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बेला पहिरो खसेर टाउकोमा ढुङ्गा लागेर घाइते भएकी हुन। उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.