बैतडी : गुरुलाई नमन गरी आर्शिवाद लिदै बैतडीमा पनि गुरुपूर्णिमा मनाइएको छ। शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी प्रत्येक वर्ष गुरुपूर्णिमा पर्व मनाउने गरिन्छ ।
गुरु पुर्णिमाको दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्टान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा बुबा सरह मान्ने गरिएको ज्ञानेश्वर नमूना माध्यमिक विद्यालय पाटन नगरपालिका–९ विजयपुरका सहायक प्रधानाध्यापक धनबहादुर महराले बताउनुभयो।
पछिल्लो समय गुरु र शिष्यबिचको सद्भाव घट्दै गएको महराको अनुभव छ । प्रत्येक वर्ष आफुलाई शिक्षा दिने गुरुलाई नमन सम्मान गर्दै आर्शिवाद लिने गरेको शिक्षक महराले जानकारी दिनुभयो।
यस्तै स्वतन्त्र बिद्यार्थी युनियन स्ववियुको आयोजनामा गुरु पुर्णिमाको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको छ। पाटन बहुमुखी क्याम्पसमा अध्यायपन गराउने शिक्षक गुरुहरुलाई सम्मान गर्दै आर्शिवाद लिएको स्वविय सभापति भागरथी भट्टले बताइन्।