बैतडी : उदयदेव आधारभुत स्वास्थ्य सेवा केन्द्रका कर्मचारी सम्मानीत भएका छन। शिवनाथ गाँउपालिका–०५ को आयोजनामा उदयदेव आधारभुत स्वास्थ्य सेवा केन्द्रका कर्मचारीहरुलाई सम्मान गरिएको वडाध्यक्ष केशव बहादुर चन्दले बताउनुभयो।

यसैगरी उदयदेव आधारभुत स्वास्थ्य सेवा केन्द्रका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाइ पनि सम्मान गरिएको छ। काम गर्ने मनोवल बढाउन प्रोत्साहन स्वरुप कर्मचारी र स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको वडाध्यक्ष चन्दले बताउनुभयो।
आफुहरु सम्मानीत हुदा काम गर्ने हौसला बढेको कर्मचारीहरुले बताएका छन।

