बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु

बैतडी -बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको डिलाशैनी गाउँपालिका–६ खरेलीगाउँकी २२ वर्षीया अनिता नाथको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो । नाथको घर नजिकै रहेको डोब्रा भिरमा घाँस काटिरहेका बेला दुई सय मिटर तल खस्न गई घटनास्थलमै मृत्यु भएको हो।

Leave A Reply

Your email address will not be published.