बैतडी-बैतडीको पुर्चौडी नगरपालिकाका–७का नरसिंह रतोकी ६४ वर्षपछि फेला परेका छन् ।२००० सालमा जन्मिएका रतोकी १७ वर्षको उमेरमा भारत जान्छु भनी घरबाट गएका थिए ।उनि २०५९ सालमा केही दिनका लागी मात्रै पुर्चौडी पुगेका थिए ।त्यसपछि हाल सम्म फर्किएका थिएनन् ।
वडा नं -७ का वडा सदस्य गामी सिंह रतोकीका काका समेत रहेका रतोकी बिहिबार जिल्लाको मेलौली नगरपालिकामा वडा न ५ सिरोडाको जंगलमा बेवारीसे अवस्थामा फेला परेका हुन् ।बेवारीसे अवस्थामा मेलौली २ का स्थानिय युवा समाजसेवी तथा सीमपानी होटेलका संचालक खेम राज भट्ट र प्रहरीले फेला परेका रतोकीलाई शनिबार आफन्तहरुले घर लगेका छन् ।
घरका सदस्यहरुले नर सिंह घर फर्किनेमा विश्वस्त नरेहेको र एक्कासी मेलौलीमा प्रहरीले बेवारीसे अवस्थामा भेटिएका भनिएका व्यक्तिको विवरण र तस्बिर हेर्दा पहिचान भएको वडा नं ७ का वडा अध्यक्ष धिरेन्द्र बहादुर बमले जानकारी दिनुभयो।

नरसिंहका भतिजा गामी सिंह रतोकीले अन्तिम पटक भारतको पिथौरागढ लगायतका क्षेत्रमा खोज्ने र नभेटिए पछि कुशको शव बनाएर दाहा संस्कार गर्ने मनस्थिति बनाइसकेको वडा अध्यक्ष बमले बतानुभयो ।
‘१७ वर्षको उमेरमै घरबाट गएका हुन, २०५९ मा केही दिनमात्रै घर रहे, छिट्टै गइहाले, त्यसपछि नर सिंहका भतिजा हरुले अन्तिम पटक भारतको पिथौरागढका केही ठाउँमा खोज्ने र नभेटिए पछि कुशकै भएपनि शव बनाएर दाहासंस्कार गर्ने तयारीमा थिए,’ उनका भतिज विरेन्द्र रतोकीले भने, ‘बिहिबार मेलौलीमा भेटिए, अब खुसीकासाथ घर लैजादैछौँ ।’
बिहिबार भेटिएका रतोकीको मानसिक अवस्था कमजोर भइसकेको छ । १७ वर्षको उमेरमा बिहे भएको भएपनि उनि बेपत्ता भएपछि श्रीमती पनि अन्तै गएकी बुझिएको छ ।
बेपत्ता रतोकीलाई मेलौली नगरपालिका वडा न ५ को सिरो जगंलबाट उद्धार गरेको ईलाका प्रहरी कार्यालय त.स्व देही का प्रहरी नायब निरिक्षक (सइ) नरेन्द्र बहादुर चन्दले बताउनुभयो ।