दार्चुला- दार्चुलामा सर्पले डसेर एक महिला घाइते भएकी छन्।
जिल्लाको नौगाड गाउँपालिका–२ की ६१ वर्षीया देउमती ठगुन्ना घाइते भएकी हुन्। उनलाइ जंगलमा घाँस काट्ने क्रममा सर्पले डसेर घाइते भएकी हुन्। घाइते ठगुन्नालाइ जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि थप उपचारको लागी धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।