बैतडीको शिवनाथ दन्निमा वदेलको आतंक, पाक्नै लागेको मकैवाली सखाप

बैतडी : शिवनाथ गाँउपालिका–०५ दन्निमा जंगलि जनावर वदेलले आतंक मचाएको छ। पाक्नै लागेको मकैवालि जंगलि जनावर वदेलले सखाप पारेको स्थानीय बासु ओड्ले बताउनुभयो।

किसानहरु मकैवाली जोगाउन रातभर जाग्राम बसेपनि मध्यरातिमा वदेलको बथानले सखाप पार्ने गरेको उहाले बताउनुभयो। रातको करिब तीनचार बजेतिर वदेलको बथान आउने र मकैपाली नष्ट गर्ने गरेको किसानहरुको दुखेसो रहेको छ।

मुख्य वालिनालिको रुपमा रहेको मकैखेती जगंली जनावहरुले सखाप पर्न थालेपछि भोकमरी हुने भन्दै किसानहरु चिन्तित बनेका छन। स्थानीय सरकार लगायत बन विभागले जंगली जनावर निन्त्रणका लागि पहल थालिदिन किसानहरुले माग गरेका छन।

Leave A Reply

Your email address will not be published.