बैतडी: एक पुरुष मृत फेला परेको छन्। जिल्लाको सुर्नया गाउँपालिका ६ बस्ने ५१ बर्षीय राम बहादुर कुवँर रुखमा झुण्डीएको अवस्थामा फेला परेका हुन्।
मंगलबार बिहान कुवँर रुखमा झुण्डिए जानकारी प्रहरीलाई आएरको थियो। घटनास्थलमा पुगेर प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
बैतडीमा पछिल्लो समयमा आत्महत्याका घटना दिनप्रती दिन बढेको उनको भनाई छ।