अखिल (क्रान्तिकारी) मणिलेक बहुमुखी क्याम्पसद्धारा शोकसभा सम्पन्न

बैतडी : अखिल (क्रान्तिकारी) मणिलेक बहुमुखी क्याम्पसले शोकसभा सम्पन्न गरेको छ। मणिलेक बहुमुखी क्याम्पसमा अध्ययनरत् स्वर्गीय सरस्वति भट्ट र मणिलेक माविमा अध्ययनरत् स्वर्गीय मनिसा दयालको निधनमा शोकसभा सम्पन्न भएको हो।

कलिलो उमेरमै देहत्याग गरेका भट्ट र दयालको चिर शान्तिको कामना सहित शोकसभा गरिएको अखिल (क्रान्तिकारी) मणिलेक बहुमुखी क्याम्पसले जनाएको छ। भट्ट मेलौली ७ काणाँ बजार नजिकैकि बासिन्दा हुन भने दयाल मेलौली १ रड्मा बसाडीकि बासिन्दा हुन।

दुबै जनाले घर नजिकै रुखमा झुण्डीएर देहत्याग गरेका हुन। देहत्याग गर्ने कारण भने खुल्न सकेको छैन।

भट्ट र दयालको निधनमा शोकसभासगैँ समाजमा देहत्याग गर्ने घटना घट्न नदिन मानसिक स्वास्थ्य बारे प्रशिक्षण समेत दिईएको नेकपा माओवादी केन्द्र मेलौली नगर कमिटी सचिव खेमराज भट्टले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.