दार्चुलामा ढुङ्गा लागेर एक जना घाइते

दार्चुलामा ढुङ्गा लागेर एक जना घाइते भएका छन्। जिल्लाको महाकाली नगरपालिका– पन्डोराका २० वर्षीय सन्तोष नगाल ढुङ्गा लागेर घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार जंगलमा गाईवस्तु चराउन गएका उनी शनिवार ढुङ्गा लागेर घाइते भएका हुन्। जिल्ला अस्पताल, दार्चुलामा उपचार सम्भव नभएपछि उनलाई धनगढी रेफर गरिएको छ।

Leave A Reply

Your email address will not be published.