एचआईभी संक्रमितमा हुने लाञ्छना तथा भेदभाव न्यूनिकरण सम्बन्धी कार्यक्रम सम्पन्न

बैतडी -एचआईभि संक्रमित र उनको परिवारलाई लक्षित गरी पञ्चेश्वर गाउँपालिका -२ स्थित नागार्जुन आधारभुत विद्यालयमा लान्छना तथा भेदभाव सम्बन्धी कार्यक्रम सन्पन्न गरिएको छ।
एचआईभिको क्षेत्रमा काम गर्दै आएको बैतडी प्लसको सहकार्यमा बुधबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा एचआईभी संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण, भेदभाव र त्यस्ता भेदभावलाई समुदायस्तरबाटै न्यूनिकरणका उपायहरु लगायतका विषयमा समेत छलफल गरिएको एचए सरोज भट्टले बताउनुभयो ।
एचआईभी लागेका व्यक्तीहरुलाई लगाउने लाञ्छना र गरिने भेदभाव परिभाषालाई वर्णन गर्न तथा स्थानिय जनप्रतिनिधि, सरोकारवालाहरुलाई जिम्मेवारी बोध गराउने उद्देश्यले सम्पन्न भएको कार्यक्रमकोे सहजीकरण एन.ए.पिएन सुदुरपश्चिम प्रदेश सुपरभाईजर हेमन्त राज ओझाले गरेका थिए ।
कार्यक्रममा एचाआईभि एड्स यो एउटा अवस्थामात्र भएकोले हरेक समुदायमा कुनै पनि संक्रमितलाई माया र सत्कार गर्नुपर्ने बताईएको थियो । त्यसै गरी संस्थाको बारेमा बैतडी प्लसका अध्यक्ष हर सिंह विष्टले जानकारी दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष बीर बहादुर चन्दले संस्थाले दिएको जनचेतना मुलक कार्यक्रमले सिंगो समाजलाई नै फाईदा हुने र एचआभी संक्रमति व्यक्तिहरुलाई वडाबाट आर्थिक सहयोग समेत गरेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.